उपत्यकामा २६ सय ५६ जना सवारी चालकमाथि कारवाही

 अर्थ बुलेटिन   ३१ सावन, २०७९



काठमाडौं ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६५६ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा सोमबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३५, लेन अनुशासन पालना नगर्ने ७८, रेड लाइटमा सवारी साधन चलाउने र नम्वर प्लेट राम्रोसँग नराख्ने २३ जना सवारी चालक रहेका छन् ।  यस्तै, २ हजार ३५४ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation