उत्तरढोका नजिकै स्कुटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते

 अर्थ बुलेटिन   ३१ सावन, २०७९



काठमाडौं  । काठमाण्डौ महानगरपालिका–२ उत्तरढोका नजिकै गएराती स्कुटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । लैनचौरबाट टुकचातर्फ जाँदै गरेको प्रदेश ३–०२–०२३ प १६३७ नम्बरको स्कुटर अनियन्त्रित भएर गएराती सवा ११ बजे पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडी सवार हाँडिगाउँ बस्ने बाराका १६ वर्षीय अभय शर्माको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भाइरहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation