निर्वाचन आयोगमा ८४ दल दर्ता, आजैवाट जाँचबुझ सुरु हुने

 अर्थ बुलेटिन   १ भदौ, २०७९



काठमाडौं ।  संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंशिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन ।

आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ । यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैवाट जाँचबुझ सुरु गरिनेछ । राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन कि छैनन ? भन्ने बारेमा आजवाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation