आज पनि सुन पाँच सय रुपैयाँले घट्यो

 अर्थ बुलेटिन   १ भदौ, २०७९



काठमाडौं ।नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा बुधबार प्रतितोला पाँच सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

मंगलबार ९६ हजार दुई सय रुपैयाँ निर्धारण रहेको तेजावी सुनको मूल्य आज तोलाको ९५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ  । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation