आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

 अर्थ बुलेटिन   ३ भदौ, २०७९



काठमाडौं  । बिहान गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी हुनसक्ने देखिएको छ ।

शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको समेत सम्भावना रहेको छ । आइतबार देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation