एकैदिन मापसे गरी सवारी साधन चलाउने १७६ चालकमाथि कारवाही

 अर्थ बुलेटिन   ६ भदौ, २०७९



काठमाडौं ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार २०९ जना सवारी चालकलाई कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई आइतबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १७६ जना सवारी चालक रहेका छन् । यस्तै, लेन अनुशासन पालना नगर्ने ८९, रेड लाइटमा सवारी साधन चलाउने ९०, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, नम्वर प्लेट राम्रोसँग नराख्ने २४ जना सवारी चालकलाई पनि कारवाही गरिएको छ ।  बाँकी २ हजार ७४६ जनालाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation