लमजुङमा ठुलो परिणामसहित लागुऔषध कारोबारी पक्राउ

 अर्थ बुलेटिन   ७ भदौ, २०७९



लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले ठूलो परिणाममा लागूऔषधसहित बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट दुई जनाको साथबाट ३ सय ११ थान लागूऔषधसहित पक्राउ गरेको हो ।

मर्स्याङ्दी गाउँपालिका ३ बस्ने २९  वर्षको दोर्जे भनी चिनिने भीम बहादुर तामाङ र  बेसिशहर नगरपालिका ८ बस्ने वर्ष ४२ का बमबहादुर बस्नेतलाई  पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट २ एमएलको डाइजेपाम एम्पुल ९० थान, फेनारगन एम्पुल ८९  थान, नुफिन एम्पुल ८७ थान , दुई थान मोबाइल र नागरिकता बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । यस्तै अर्का लागूऔसध कारोबारी कवाडी बमे भनी चिनिने  बस्नेतको साथबाट २ एमएलको डाइजेपाम एम्पुल १५ थान, फेनारगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले तामाङलाई आइतबार र बस्नेतलाई शुक्रबार लागूऔषधहित पक्राउ गरिएको बताए । पक्राउ परेका तामाङ र बस्नेतलाई जिल्ला अदालत लमजुङबाट म्याद  थप भई थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation