काठमाडौं महानगरले कोटेश्वरका टहरा हटाउँदै

 अर्थ बुलेटिन   ९ भदौ, २०७९



 काठमाडौं । काठमाडौको कोटेश्वर प्रहरी चौकीबाट उत्तर तर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाइने भएको छ । आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ ।

दिउँसोसम्म न हटाए महानगर आफैले हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उनले आज दिउँसो नै ट्रस्ट भत्काउने उनले बताए । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको पाण्डेले बताए ।यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधीकृत संरचना हटाएको थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation