अवैध संरचना हटाउन शंखमूल र बानेश्वरमा स्थलगत निरीक्षण

 अर्थ बुलेटिन   ९ भदौ, २०७९



 काठमाडौं । अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ ।

अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउामा मेयर सहितको टोली पुगेका हुन् ।

बालेनसंग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।बालेन नेतृत्वको टाेलीले अवैध संरचनामा खुलेका पसलहरूको अवलोकन गरिरहेको छ ।

बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउामा पनि बालेन पुगेका छन् ।व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै घरबेटीलाई जानकारी गराउनुस भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।

टोलीले ३ घण्टापछि प्याकिङ गरेको नगरेको हेर्न आउने समेत बताएको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुमगन गरिरहेको छ ।

आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation