‘झुम्कावाली’ पछि मिलनको आयो ‘पानी पानी’२० घण्टामा करिब २८ हजार भ्यूज

 अर्थ बुलेटिन   ११ भदौ, २०७९



जवानीलाई पानीमा रुझाउदै मायाको भाव भंगिमा प्रस्तुत गरिएको यो दोश्रो सांगितिक कोसेलीलाई पनि पहिलो भन्दा अझै धेरै दर्शकले मन पाउनु हुनेछ भन्नेमा ‘पानी पानी’ को टिम विश्वस्त रहेको गायक मिलन अर्यालले बताउनुभयो । 

काठमाडौं । गत मंसिरमा सार्बजनिक ‘झुम्कावाली’ को सफलतापछि त्यसको १० महिनामा गायक मिलन अर्यालले ‘पानी पानी’ वोलको दोश्रो गित सार्बजनिक गरेका छन् ।

जवानीलाई पानीमा रुझाउदै मायाको भाव भंगिमा प्रस्तुत गरिएको यो दोश्रो सांगितिक कोसेलीलाई पनि पहिलो भन्दा अझै धेरै दर्शकले मन पाउनु हुनेछ भन्नेमा ‘पानी पानी’ को टिम विश्वस्त रहेको गायक मिलन अर्यालले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘श्रोत/दर्शकको रोजाइका विषयवस्तुहरुलाई समेटेर सांगितिक कथा तयार भएको छ । शव्द, संगित, स्वर र छांयाङकन सबैमा अधिक मेहनत गरेका छौ । त्यसैले, हामि उहाँहरुको मनमा बास बस्न सफल हुनेछौ भन्नेमा विश्वस्त छौ ।’

अंस्मिता अधिकारी र मिलन अर्यालको स्वर रहेको ‘पानी पानी’ को शब्द प्रेमसागर पौडेलले लेखेका हुन् भने संगित विशाल निरौलाले दिएका छन् । यूटयूवमा ८ मिनेट ४ सेकेन्ड लामो यो गितले सार्बजनिक भएको करिक २० घण्टामा करिब २८ हजार भ्यूज पाइसकेको छ । 

यिनै गायक मिलनको पहिलो गित ‘झुम्कावाली’ भने यूटयूवमा सार्वजनिक भएको २ दिनमानै टे«न्डिङ २ मा उक्लदै साता दिन भन्दा धेरै समय टे«न्डिङ १ मा बस्न सफल भएको थियो । उनको यो दोश्रो सांगितिक कोसेलीले पनि त्यहि वाटो पछयाउदै अघि बढेको गायक बताउछन् । 

गायक मिलन अर्याल काठमाडौंको उत्तरी भेगको तारकेश्वर नगरपालिकामा सिभिल इन्जिनियर पदमा कार्यरत छन् । अपार स्वरका धनी मिलन आफ्नो इन्जिनियरिङ पेशागत जिम्मेवारीप्रति पनि उत्तिकै बफदार रहेका छन् । काठमाडौंको लोलाङका स्थानीय वासिन्दा मिलन सानै उमेरदेखि गित संगितमा निकै रुचि रहको बताउछन् ।

‘पानी पानी’ को पुरा म्यूजिक भिडियो हेर्नका लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्ः



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation