पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक

 अर्थ बुलेटिन   १६ भदौ, २०७९



काठमाडौं । पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा  आज बिहान ६ बजे पहिरो खसेको थियो ।

पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको छ । चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य भैरहे पनि वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन केही समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation