सुगम पोखरेलको 'तिमी फर्केर आयौ' सार्वजनिक

 अर्थ बुलेटिन   ३० भदौ, २०७९



काठमाडाैं, ३० भदाै । गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत 'तिमी फर्केर आयौ' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदीप चापागाइँको शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज रहेकाे छ ।  

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ।  प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईको छायांकन, अनिता ग्वाचाको मेकअप र विकास धमलाको सम्पादन समाबेश छ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation