अन्नपूर्ण पदमार्गमा बढे पर्यटकव्यवसायी उत्साहित

 अर्थ बुलेटिन   ९ असोज, २०७९



लमजुङ । पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

 


विज्ञापन

 

पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

दैनिक १५० देखि २०० पर्यटकले पदयात्रा गर्ने अन्नपूर्ण सरक्षण क्षेत्र एक्याप मनाङले जनाएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए । पदमार्गमा भदौ अन्तिमसाता देखि चहलपहल बढेको हो ।

पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मलाई मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

बेशीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप विकास खबर

‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)

‘मंगलादेवी स्मृति जेष्ठ नागरिक पार्क’ शुभारम्भ (फोटो फिचर)


नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै

नेपालमा पहिलो पटक एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम आयोजना हुँदै


जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न


सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)

सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)


आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु


नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार

नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार


बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)


चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब


© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation