आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम

 अर्थ बुलेटिन   २९ मंसिर, २०७९



काठमाडौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई पनि निर्वाचन परिणाम बुझाएको हो ।

प्रमुख निर्वाचन आयुक्त  दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन परिणाम बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation