अघि बढ्दैछ तीनकुनेको पुल निर्माण

 अर्थ बुलेटिन   १ पौष, २०७९



काठमाडौँ । साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजाइनका लागि काम गरिरहेको जानकारी कम्पनीले दिएको छ ।”

निर्माण कम्पनीले डिजाइन तयार गरेर पहिले आयोजनालाई दिने र उसले विभाग पठाएर स्वीकृत भएपछि काम हुने छ । बिजुलीबजारको पुलजस्तै यहाँको पुल आधुनिक प्रविधि ‘आर्क एन्ड ब्रिज’ निर्माण गर्न लागिएको हो ।

पहिलोपटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनः यो वर्ष नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्ने गरी (डिजाइन एण्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

कूल ४२ महिनामा सक्ने गरी यसको ठेक्का वाइ पि किरातेश्वर जेभीलाई दिइएको छ । सो ठेक्काको रकम रु २४ करोड ५९ लाख ६७ हजार छ । यसअघि सो पुल निर्माणको काम पप्पु कन्स्ट्रक्सनले गरेको थियो । पहिले भएको काममध्ये दुवैतिरको पुलको केही भाग रहे पनि अधिकांश काम लागेको छैन ।

सरकारले दुई वर्ष पहिले पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताउनुभयो । नयाँ निर्माणका लागि कम्पनीले रकम बोहोर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation