दुई चालक नराख्ने ४१ यात्रुबाहक बस कारबाहीमा

 अर्थ बुलेटिन   १ पौष, २०७९



काठमाडौं । लामोदुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१  जना कारबाहीमा परेका छन् ।  ट्राफिक प्रहरीले काठमाडौंको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारवाही गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सातै वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको यकीन हुन्छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation