एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको मोफसल टुर सुरु हुँदै३० भन्दा बढी विधामा अवार्ड वितरण गर्ने तयारी

 अर्थ बुलेटिन   १४ बैशाख, २०८०



चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको प्रचार प्रसारका लागि मोफसल टुर सुरु हुने भएको छ । गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरको दर्शन गर्दै टुर सुरु गर्न लागिएको छ ।

मोफसल टुर मार्फत चलचित्र क्षेत्रका विज्ञ, व्यवसायी, हल सञ्चालकहरुसँग अन्तरक्रिया, छलफल गरिने जनाइएको छ । चितवनको लक्की मिडिया हाउसले यही असारमा फिल्मी अवार्ड वितरण गर्न लागेको हो ।

लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की ‘लक्की’ ले फिल्मी अवार्ड कार्यक्रमलाई सफल पार्न देशव्यापी सुझावहरु संकलन  गरिरहेको बताए । ‘मोफसल टुर सुझाव संकलन गर्ने टुर पनि हो,’ उनले भने, ‘चलचित्र क्षेत्रको सम्भावना, चुनौतीबारे पनि बहस चलाउने अभियान हो ।’

उनका अनुसार पहिलो चरणको मोफसल टुर मौलाकालिकादेखि बाग्लुङ कालिकासम्म पुग्नेछ । कुरिनटार, दमौली, बन्दीपुर, पोखरालगायतका क्षेत्रमा टुर हुनेछ । चितवनमा फिल्मी जमघट बढाउन टुरले सघाउने बताए ।

३० भन्दा बढी विधामा अवार्ड वितरण गर्ने तयारी छ । लक्की मिडिया हाउस चलचित्र क्षेत्र, कलाकारहरुलाई प्रोत्साहन गर्न, उत्साहित बनाउन निरन्तर सक्रिय छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation