एमाले अध्यक्ष ओली र सिपिसीका नेता युआनबीच भेट

 अर्थ बुलेटिन   ९ सावन, २०८०



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) नेता युआन च्या च्युनबीच शिष्टाचार भेट भएको छ।मंगलबार बिहान डेढ घन्टा चलेको छलफलमा चीन–नेपाल, चिनियाँ नागरिक र नेपाली नागरिक, दुई सरकारबीच सम्बन्ध कसरी प्रगाढ बनाउने भन्ने विषयमा कुराकानी भएको अध्यक्ष ओलीको प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए।

दुई दिनअघि नेपाल भ्रमणका लागि आएका आएको चिनियाँ कम्युनिष्ट पार्टीका नेतासहितको प्रतिनिधि मण्डलले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट गरेका थिए। मंगलबार युआन च्या च्युनसहितको प्रतिनिधि मण्डलले एकीकृत समाजवादीका नेताहरूलाई पनि भेट्ने कार्यतालिका रहेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation