अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन (फोटोफिचर)

 अर्थ बुलेटिन   १७ सावन, २०८०



काठमाडौं। विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न दबाब दिँदै जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रर्दशन भएको छ । तामाङ समुदायसँग सम्बन्धित् विभिन्न संघ संस्थाले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति सृजना हुँदा केही घाइते भएका छन् ।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation