चितवनमा ‘लक्की फिल्मी अवार्ड २०८०’ असोजको पहिलो साता हुने

 अर्थ बुलेटिन   १ भदौ, २०८०



चितवन । लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोजको पहिलो साता चितवनमा फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले फिल्मी अवार्डको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्ने हेतुले अवार्ड कार्यक्रम आयोजना गरिएको हो । हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की'ले अवार्डको तयारी तीब्र पारिएको जानकारी दिए । अवार्डको कार्यक्रममा दुई दर्जन विधामा कलाकारहरुलाई सम्मान गर्ने उनले बताए ।

'असोज पहिलो सातामा कार्यक्रम गर्ने तयारीमा जुटेका छौ । कलाकारहरु संँग बसेर मिति तय गर्ने छौं । छिट्टै मिति घोषणा हुन्छ,' उनले भने । चितवनमा पहिलो पटक आयोजना गर्न लागिएको अवार्डका लागि आयोजकले प्रचार प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीब्र बनाएको उनले बताए । विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया तथा भेटघाटका कार्यक्रमहरु अघि बढिरहेको कार्कीले जानकारी दिए । 'अहिले नोमिनेसको काम तीब्र बनाएका छौं,' उनले भने ।

चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको उनी बताउँछन् । वि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रर्वद्धनका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation