साउदीको दमाममा अब नियमित उडान गर्दै नेपाल एयरलाइन्स

 अर्थ बुलेटिन   २२ भदौ, २०८०



काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा नियमित उडान सुरू गरेको छ।  निगमले गत बुधबारदेखि काठमाडौं–दमाम–काठमाडौं सिधा उडान सुरू गरेको बताएको छ। निगमका अनुसार बुधबार राती १०:४० मा भएको उडानमा १ सय २६ यात्रु थिए भने दमामबाट काठमाडौं फर्किंदा १ सय १७ जना थिए।

निगमका प्रवक्ता रमेश पौडेलले साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने जानकारी दिए। बजार माग र निगम बजार व्यवस्थापनअुनसार उडान संख्या बढाउँदै लैजाने उनको भनाइ छ। टिकट अनलाइन र नजिकको ट्राभल एजेन्सीमार्फत् लिन सक्ने निगमले जनाएको छ। 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation